Tuesday , November 21 2017
Breaking News

धर्म आस्था कि अतिवाद ?

 “नारीलाई दास सरह ब्यवाहार गर्ने,पुरुषको मृत्यु पश्चात् पुरुषको समाधिमा लिन भएर जिउँदै आत्मदाह गरी सतीत्वको रक्षागर्नु पर्ने कुरिती कु–संस्कारको विकास गरियो । भारतीय महिलाहरूको इतिहास हेर्दा पति मर्दा सती जान्न भन्ने पत्नीलाई लखेटी लखेटी आगोमा हालेर मारिन्थ्यो । कतिलाई ढुङ्गाले हानेर अधकल्चो पारी पतिसँगै चितामा जलाएर मारिन्थ्यो । पर्खाल नाघ्दै भागेर अङ्ग्रेजको शरणमा गएर कति भारतीय नारीहरूले ज्यान जोगाएको दर्दनाक इतिहास साक्षी छ । नेपालमापनि सति जाने महिलाहरूले भोगेका नारकिय यातनाहरुको बारेमा अनेकौँ कथा,किंबदन्तीहरु सुन्न पाइन्छ । मानिसको बाँच्न पाउने नैसर्गिक अधिकारको समेत धर्मका नाममा हत्या गरिएको थियो । “

            -दीपशिखा शर्मा

सिन्धु नदीको किनारमा फैलिएको सभ्यता क्रमशस् अपभ्रंस हुँदै “हिन्दु आर्य सभ्यता” हुन गएको ईतिहासबिद्हरु लेख्छन् । हिन्दु दर्शन पूर्वीय दर्शन हो । आर्यहरु सिन्धु उपत्यकाबाट तल्लो बाटो लागेर नदीको किनारमा आई स्थायी बसोबास गर्न लागे ।तत्पश्चात् आर्य सभ्यताको विकास भएको इतिहासले बताउँछ ।

जंगली कबिला युग (फिरन्ते युग)को विकाससँगै कृषियुग अनि पशुपालनको युग आयो । मलिलो माटोले भरिपूर्ण सिन्धु नदीको किनारमा अन्नको बिउ छरेपछि प्रशस्त उब्जनी हुन्थ्यो । ४ महिना मेहनत गरे ८ महिनासम्म मजाले बसिबसी खानपुग्थ्यो । पहिलेको जस्तो शिकार खेलेर जंगली जनावर मारेर जिवीकोपार्जन गर्नुपर्ने आजको अवस्था थिएन । खेतिपातीबाट मनग्ये उब्जनी हुने हुनाले अब श्रम गर्न जताततै भौंतारिंदै हिड्नुपर्ने आवश्यकता थिएन ।

जंगली फिरन्ते जीवन त्यागेर स्थायी रूपबाट बस्न थालेपछि मानिसहरू क्रमश: सामाजिक बन्दै जान थाले । हरेक दिन प्राण धान्नको लागी शिकारको खोजीमा जंगल जंगल चाहार्ने मानिसको दिमाग अब नयाँ चिजको आविष्कारमा लाग्न थाल्यो । लामो समयको खोज,अनुसन्धान र फराकिलो सोचले नै मानिसलाई सफलता हासिल गर्न मद्धत गर्दछ भने झैँ अन्तत मानिस एक सभ्य समाज निर्माण गर्न सफल पनि भयो ।त्यसै सभ्यतालाई मानिसहरू सिन्धु घाँटीको सभ्यता भन्दछन् ।

महिलालाई जिउँदै जलाउने हृदयबिदारक प्रथाको अन्त्य गर्न निकै समय लागेको थियो । नेपालमा पनि यो क्रुर प्रथा धेरै समयसम्म कायम कायम थियो ।“राजा प्रताप मल्लका पालामा मात्रै ३३ वटी रानीहरु राजासँगै सती गएका थिए ।तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरले सती प्रथाको समुल अन्त्य गरेका थिए । सतीप्रथाको अन्त्य भए पनि नेपालमा बिधवा प्रथा,झुमा प्रथा,छाउपडी प्रथा,बोक्सी प्रथा,दाईजो प्रथा यथावत छन् ।

आफ्नो अस्तित्व बचाउन हिन्दु आर्य ऋषिमुनीहरुको कठोर तप र साधनाबाट चार वेद १८ पुराणको जन्म भयो । जसमध्ये सबभन्दा कान्छो गरुड पुराण हो । जसको फलस्वरुप सभ्यता,संस्कृति र संस्कारमा आएका परिवर्तन र बिधिबिधानले त्यस समयमा निकै ठूलो छलाङ्ग लगायो । ईशापूर्व ५०० देखि ७०० वर्ष अगाडीको इतिहास हेर्दा एशियामा कृषि र पशुपालन को युग आउँदासम्म युरोपेलीहरु जंगली युगमै थिए । तर सिन्धु नदीको किनारमा रहेका मानिसहरूले विकासको महत्वपुर्ण खुड्किलो चढिसकेका थिए ।

संस्कृतिको साथसाथै विज्ञानको पनि विकास भएको सिन्धु नदीको किनारमा पक्की घर,फराकिला बाटा घाटा,चिताए अनुसारका फल्ने बोट बिरुवाहरु,(कल्पबृक्ष)कलमी गरेर तयार पारिएका बोटबिरुवाहरु,खेतीपाती,पशुपालन,उध्योगधन्दा,कलकारखानाहरुको पर्याप्त विकास भएको ईतिहासबिद्हरु बताउँछन् । पहिला जातजाती,वर्ग,लिङ्गको आधारमा भेदभाव थिएन । बर्णाश्रम व्यवस्था केही थिएन । सिन्धु घाँटीको सभ्यतासम्म आएपछि किराँत द्रविडसँग घुलमिल हुँदा उनीहरूले संस्कृतिको निर्माण गरेका हुन् ।अंगीरा ऋृषिको पालादेखि नै यिनीहरू खसको रक्तमिश्रण भएर आए ।

खसहरु हुलका हुल अन्य समूहलाई अतिक्रमण गर्दै जित्दै आएका जातीहरु हुन् । आफू मेहनत नगर्ने तर अर्काको मेहनतलाई अतिक्रमण गरी जुन जातीलाई जिते त्यही जातीसँग बिहे गर्दै घरबार बसाउँदै आए । खस जातीको अस्तित्व लोपहुने अवस्था देखेर अंगिरा ऋषिले चिन्ता व्यक्त गरेका थिए । अब हाम्रो आर्य जाती ध्वस्त हुने भयो । आर्य जातीका ठूलाठूला वीर पुरुषहरू नारी जातिको सौन्दर्यमा लठ्ठीएर हिँड्ने,मोजमस्तीका लागी ठुलाठुला दरबारमा पस्ने,बहुबिवाह अर्थात् एउटा पुरुषले धेरै नारीलाई बिहे गर्ने प्रचलन त्यस बेलादेखि कायम भयो । अंगोरा ऋषिले आर्य जातीलाई बचाउन ”आर्य बैदिक धर्म सम्बन्धी नयाँ नीति” ल्याएका थिए भन्नेकुरा ईतिहासबिद्हरु बताउँछन् ।

नेपालमा पनि सति जाने महिलाहरूले भोगेका नारकिय यातनाहरुको बारेमा अनेकौँ कथा,किंबदन्तीहरु सुन्न पाइन्छ । मानिसको बाँच्न पाउने नैसर्गिक अधिकारको समेत धर्मका नाममा हत्या गरिएको थियो । महिलालाई जिउँदै जलाउने हृदयबिदारक प्रथाको अन्त्य गर्न निकै समय लागेको थियो । नेपालमा पनि योक्रुर प्रथा धेरै समयसम्म कायम कायम थियो ।“राजा प्रताप मल्लका पालामा मात्रै ३३ वटी रानीहरु राजासँगै सती गएका थिए । तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरले सती प्रथाको समुल अन्त्य गरेका थिए । सतीप्रथाको अन्त्य भए पनि नेपालमा बिधवा प्रथा,झुमा प्रथा,छाउपडी प्रथा,बोक्सी प्रथा,दाईजो प्रथा यथावत छन् ।

एक्काईशौं शताब्दिको युगमा आईपुग्दा हिन्दुहरूको तुलनामा निकै पछाडि परेका युरोपियन देशहरू आज वैज्ञानिक चमत्कारको युगमा छन् । तर एशियाका केही देशहरू आजपनि रुढिबादी पुरातनबादी परम्पराबाट अलग हुन सकिरहेका छैनन् । यो दुर्भाग्यको कुरालाई हामीले नकार्न सकिँदैन । हुन त रुढिग्रस्त कुराहरू हाम्रो पूर्वीय दर्शनमा मात्र छैन । पश्चिमा दर्शन हेर्यौं भने पुनर्जागरण कालभन्दा अगाडि मध्ययुगमा स्वर्ग जाने टिकट बिक्री हुन्थ्यो । पापमोचन बिक्री हुन्थ्यो । तत्कालीन समयमा युरोपियन पुरुष “मार्टिन लुथर किङ्ग”ले त्यसको घोर विरोध गरे । “मार्टिन लुथर किङ्ग”को लगातारको संघर्षपछि युरोपमा परिवर्तनको लहर आएको थियो । पुरातनबादी संस्कृतिका विरुद्ध संघर्ष नगरिकन परिवर्तन ल्याउन असम्भव छ भन्नेकुरा युरोपको इतिहासबाट पनि थाहा पाउन सकिन्छ ।

सिन्धु नदीको किनारमा हुर्केको सभ्यता (हिन्दु आर्य बैदिक सभ्यता )मा सबैकुरा रुढिबादी परम्परा मात्र छैनन् । केही वैज्ञानिक कुराहरू पनि छन् । तत्कालीन समयमा गरुड पुराणले प्रगतिशील महत्व राख्दथ्यो । प्राचिनकालमा आजको जस्तो संविधान बनाउने चलन थिएन । न त देश र जनताको हेरचाहका लागी सेना र पुलिसहरु नै थिए । तसर्थ समाजलाई संगठित र अनुशासनमा राखेर कसरी चलाउने एवं नियन्त्रण गर्ने भन्ने बारे गरुड लगायत अन्य ऋषिहरुले चिन्तन मनन गरेर नीति नियम बनाए ।

राम्रो काम गरे राम्रो फल पाइन्छ,नराम्रो काम गरे नराम्रो फल पाइन्छ भनेर पाप र धर्मको हवाला दिँदै मानिसहरूलाई सदाचार र सद्मार्गमा बाँध्ने सेतु नै वास्तविक अर्थमा पुराण हो । यसका साथै उक्त समयमा लेखिएको धार्मिक ग्रन्थ ऋग्वेदमा पनि अहिलेकोजस्तो झगडा र पाखण्डीपन थिएन । सो वेद थुप्रै विज्ञान,साधना,समाज शास्त्रजस्ता बिषयबस्तुहरु समेटेर लेखिएको थियो । जसले धेरै समयसम्म समाजलाई संगठित गरेर लग्यो,तर समाजमा रहेका टाठा बाठाहरुलाई बसेर ठगिखाने भाँडो बनाउन सकेन ।

ईशापूर्व १५०० मा नै हिन्दु धर्ममा बर्णब्यवस्था देखापरिसकेको थियो । त्यसबेलादेखि नै स्त्री र शुद्रले वेद पढ्नमात्र होइन सुन्नपनि हुँदैन भन्ने हिन्दु धर्मशास्त्रले व्याख्या गरिसकेको थियो । वेद र पुराणलाई धार्मिक व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नको लागी नयाँ नयाँ अध्याय थप्दै विकृत बनाँउदै लगे । महिलाको भूमिका गौण बनाईयो । समाजका अगुवाहरुद्धारा हिन्दु बर्णब्यवस्था अनुरूप महिलालाई दोस्रो दर्जाको नागरिक सरह हेर्न थालियो । ढोँगी पुरुषहरुले नारीलाई आफ्नो बसमा पार्न वेदको मूल मर्मलाई बिगारी हुने नहुने फुर्का गाँसेर नारीलाई हमेशा आफ्नो चरणकी दासी,भोग्या,बिलासिताको साधन,दोस्रो दर्जाको नागरिक सरह अमानविय ब्यवाहार गर्दै आए ।आफ्नो स्वार्थपुर्ती गर्न आफूलाई अनुकूल पर्ने गरी वेद र पुराणको नकारात्मक व्याख्या गर्दै आए ।

एक्काईशौं शताब्दिको युगमा आईपुग्दा हिन्दुहरूको तुलनामा निकै पछाडि परेका युरोपियन देशहरू आज वैज्ञानिक चमत्कारको युगमा छन् । तर एशियाका केही देशहरू आजपनि रुढिबादी पुरातनबादी परम्पराबाट अलग हुन सकिरहेका छैनन् । यो दुर्भाग्यको कुरालाई हामीले नकार्न सकिँदैन । हुन त रुढिग्रस्त कुराहरू हाम्रो पूर्वीय दर्शनमा मात्र छैन । पश्चिमा दर्शन हेर्यौं भने पुनर्जागरण कालभन्दा अगाडि मध्ययुगमा स्वर्ग जाने टिकट बिक्री हुन्थ्यो । पापमोचन बिक्री हुन्थ्यो । तत्कालीन समयमा युरोपियन पुरुष “मार्टिन लुथर किङ्ग”ले त्यसको घोर विरोध गरे । “मार्टिन लुथर किङ्ग”को लगातारको संघर्षपछि युरोपमा परिवर्तनको लहर आएको थियो । 

नारीलाई दास सरह ब्यवाहार गर्ने,पुरुषको मृत्यु पश्चात् पुरुषको समाधिमा लिन भएर जिउँदै आत्मदाह गरी सतीत्वको रक्षागर्नु पर्ने कुरिती कु–संस्कारको विकास गरियो । भारतीय महिलाहरूको इतिहास हेर्दा पति मर्दा सती जान्न भन्ने पत्नीलाई लखेटी लखेटी आगोमा हालेर मारिन्थ्यो । कतिलाई ढुङ्गाले हानेर अधकल्चो पारी पतिसँगै चितामा जलाएर मारिन्थ्यो । पर्खाल नाघ्दै भागेर अङ्ग्रेजको शरणमा गएर कति भारतीय नारीहरूले ज्यान जोगाएको दर्दनाक इतिहास साक्षी छ ।

नेपालमापनि सति जाने महिलाहरूले भोगेका नारकिय यातनाहरुको बारेमा अनेकौँ कथा,किंबदन्तीहरु सुन्न पाइन्छ । मानिसको बाँच्न पाउने नैसर्गिक अधिकारको समेत धर्मका नाममा हत्या गरिएको थियो । महिलालाई जिउँदै जलाउने हृदयबिदारक प्रथाको अन्त्य गर्न निकै समय लागेको थियो । नेपालमा पनि योक्रुर प्रथा धेरै समयसम्म कायम कायम थियो ।“राजा प्रताप मल्लका पालामा मात्रै ३३ वटी रानीहरु राजासँगै सती गएका थिए । तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरले सती प्रथाको समुल अन्त्य गरेका थिए । सतीप्रथाको अन्त्य भए पनि नेपालमा बिधवा प्रथा,झुमा प्रथा,छाउपडी प्रथा,बोक्सी प्रथा,दाईजो प्रथा यथावत छन् ।

नारी पुरुष समान भनेर भाषणमा जतिसकै खोक्रा नारा अलापेपनि ब्यवाहारमा कुनै न कुनै रूपबाट महिलामाथि शोषण र भेदभाव यथावत छ । सीमित शहरी क्षेत्रका महिलाहरू बाहेक दुरदराजका महिलाहरूको अवस्था ज्यूँ का त्यूँ छ ।समाजमा नारीमाथि हेर्ने दृष्टिकोणमा कहीँ कतै सकारात्मक परिवर्तन आएको छैन ।समाजमा व्याप्त यी कुरिती कु–संस्कारको जरैदेखि अन्त्य गर्न जरुरी छ” ।

हाम्रो हिन्दु दर्शनमा नरबलीको परम्परा थियो । देवताबाट आफ्नो भाकल पुरागर्न मानिसले नै मानिसको बली दिन्थे ।यो प्रथाको अन्त्य भएपनि छिटफुट रूपमा यस्ता बिकृतीहरु समय समयमा देखा परिरहेका छन् । समयको विकास सँगै नेपालमा बिस्तारै कथित धर्मका ठेकेदारहरुद्धारा पेशा अनुसार जात जातीको निर्माण गरियो । बलिया जातहरुले निर्धा जनजातीहरुलाई दबाउने,शोषण गर्ने र आफ्नो कमाई खाने भाँडोको रूपमा विकास गर्दै लगे । फलस्वरुप चार जात ३६ वर्णको व्यवस्था गरियो,माथिल्लो जात र तल्लो जात निर्धारण गरियो,(ब्राम्हण,क्षेत्री,बैश्य,शुद्र )छुवाछुत प्रथा लादियो । हालसम्म पनि नेपालमा १२३ जात जातीहरुको बसोबास छ । उनीहरूका आ–आफ्नै संस्कार र संस्कृति छन् ।

निष्कर्ष:

वेद र पुराण आज पौराणिक भयो । पहिलाको युग र आजको युगमा आकाश जमिनको अन्तर छ । पहिलाको संस्कार र संस्कृतिले आजको युगमा काम गर्नसक्ने अवस्था छैन । उक्त पुराणलाई आजसम्म पनि शासक वर्गले शोषण गर्ने साधन बनाँउदै आएका छन् । यो पुरातनवादी पूर्वीय दर्शनको कुरा क्रमशस् छोड्न जरुरी छ । पुरातनबादी रुढिबादी परम्परालाई त्यागेर वैज्ञानिक कुराहरू अँगाल्नुपर्ने आजको एक्काईशौं शताब्दीको युगको माग हो ।

धर्म आँफैमा नराम्रो हुँदै होइन,तर धार्मिक अगुवाहरुले धर्मका नाममा फैलाएका भ्रम,महिला तथा दलीतहरु माथि लादिएका शोषण,कुरिती कु–संस्कार नराम्रा पक्ष हुन् । कु–संस्कारको अन्त्य गरी एक सभ्य सूसूचित समाजको परिकल्पना गर्नु जो कोहीको प्रमुख कर्तव्य हो । तसर्थ आजैदेखि धर्मका नाममा हुने विकृति बिसंगतीहरु हटाई समाजमा व्याप्त नकारात्मक सन्देशहरु त्याग्ने र सकारात्मक सन्देशहरु प्रवाह गरी एक स्वस्थ्य समाजको स्थापना गर्न हरक्षेत्रबाट प्रतिबद्धता गरौँ ।

राज्यको सामाजिक सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति अनुरूप परिमार्जित सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्वन्धमा आधारित समाजको निर्माण गर्न गाँउदेखि शहरसम्म,हिमालदेखि पहाडसम्म र पहाडदेखि तराईसम्मका सम्पूर्ण जात जाती,भाषा,भाषी,एवं सचेत व्यक्तिहरूको उल्लेखनीय सहभागिताको अपेक्षा राज्यले गरेको छ । उक्त अभियानमा सहभागी भई प्रत्येक टोल,छिमेक,गाउँ शहरबाट समाजमा विद्यमान धर्म,संस्कृति,प्रथा,परम्परा,रितीरिवाज तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद एवं असमानता हटाई राज्यमा शोषणरहित समाजको स्थापना गर्नु आजको टड्कारो आवश्यकता हो ।

प्रकाशित मिति, २०७४ साल, कार्तिक १ गते, बुधबार 

उसले जबर्जस्ती सोनीलाई पलङ्गमा लडायो – दर्दनाक यौन कथा Deepshikha Sharma

Leave a Reply