Tuesday , November 21 2017
Breaking News

दुलाहा हराएपछि दुलही अचेत, छोरो खोज्न घरमा पुजापाठ (भिडियो)

अर्घाखाँचीको पणेनी गाउँपालिकामा विवाहको एक हप्ता नवित्दै बेपत्ता भएका छोराको प्रहरी प्रशासनले हाल सम्म खोज तलासमा ढिलाई गरे पछि तड्पीएर बसेका बाबु आमाले चिना हेराउने पण्डित देखि धामी झाँक्रि गराएर मन बुझाई रहेका छन् । पाणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय बेहुला हरिप्रसाद भट्टराई असोज २२ गते दिउँसो सन्धीखर्कबाट बेपत्ता भएका हुन् ।

उनले सोही गाउँपालिका वडा नम्वर–४ पटौटीकी २१ बर्षिया विष्णु घिमिरेसंग असोज १६ गते दशै टिकाको तेश्रो दिन विवाह गरेका थिए । श्रीमान बेपत्ता भएको पिडा खेप्न नसकेर विरामी भएकी नवदुलही आज नवौं दिनको दिन सन्धीखर्कस्थित जिल्ला अस्पतालमा भर्ना भएकी छन् । अस्पतालको शैयामा गलाअवरुद्ध पार्दै लौनौ मेरो उहाँलाई खोजि दिनुस भन्दै उनले ढाको छाडिन् । ‘उहाँ वेपत्ता भएका दिन देखि मेरो मुखमा पानी शिवाय अरु केहि परेको छैन् , उहाँको फोन आउँछ कि त उहाँ नै टुप्लुक्क कति वेला आई पुग्नु हुन्छ कि भन्ने झल्को लाग्छ तर खै कुन्नी उहाँ किन आउनु हुन्न । विवाह भएको चार पाँच दिनमै मैले यो अवस्था भोग्नु प¥यो, उनले ’ भनिन –‘मैले जस्तो अरु कसैले भोग्न नपरोस् ।’

Leave a Reply