Sunday , November 19 2017
Breaking News

जस्तो सुकै दवाब आए पनि राष्ट्रघाती धमिराहरुलाई सिधाकुरामा ल्याएर नंग्याउने रविको प्रण : हेरौ भिडियो सहित

यो देशको धमिराहरुले यो देशलाई कसरी लुटेका छन् हेर्नुस आजको भाग , अनि कहाँ बाट देश बनिन्छ , पियुन देखि हाकिमसम्म लुटेरा !

राष्ट्रको धमिराहरुलाई नाङ्गो बनाउन सिधाकुरा जनतासंगको प्रमुख उद्देश्य हो जसको लागि रविको टिमलाई जस्तो सुकै दवाब आए पनि देश र जनताको खातिर त्यसलाई सामना गर्ने गरेका छन् ।

सिधाकुरा जनतासंग शुरु भए देखि रविको टिमले आफ्नु बशमा भएको र सकेको सहयोग जो कोहीलाई पनि गर्दै आएको बिदिदै छ । भ्रष्टाचार ,घुसखोरी ,तस्कर ,राजनैतिक माफियाले आक्रान्त बनाएको नेपालमा ‘सिधाकुरा जनतासंग’ले आशाको एउटा दियो बाल्न सफल भएको छ कि गर्न चाहने हो भन्ने यो देशमा धेरै कुरा सम्भव छ तर त्यसको लागि जरुरि छ त देशको माया र देश बनाउने दृढता । कुनै समय न्याय नपाए गोर्खा जानु भन्ने उक्ति अब बदलिएको छ र पिडितहरु भन्न थालेका छन् न्याय नपाए रविको सिधाकुरा जनतासंग जानु ।

यसरी न्याय र जन आस्थाको एउटा धरोहरको रुपमा अघि बढ्दै गएको नेपाली टेलिभिजन इतिहास कै सर्वाधिक सफल कार्यक्रमले आज सम्म कति स्टिंग अप्रेसन गरेर सरकार र भ्रष्टाचारीहरुलाई कानुनको फन्दामा पुराएको छ । नेपाली सेना भित्र हुने भ्रष्टाचार प्रकरण , नेपाल प्रहरी भित्र हुने भ्रष्टाचार प्रकरण , सशस्त्र प्रहरी भित्रको भ्रष्टाचार प्रकरण लगायत ठुल ठुला राष्ट्रिय मुद्धाहरु पनि रविले उठाएका छन् ।

यसै क्रममा आज आम जनताको प्रतक्ष्य सरोकार राख्ने श्रम कार्यलय ताचाहलमा रविको टिमले स्टिंग अपरेसन संचालन गरेको छ जसमा हाकिमदेखि पियुनसम्म मिलेर कसरी यो देशलाई खोक्रो बनाएको छ भन्ने उदाहरण आजको स्टिंग अप्रेशनले प्रमाणित गर्दछ ।

रविको स्टिंग अप्रेशनको प्रभाव कसरी बढिरहेको छ भन्ने थाहा पाउन बालाजु प्रहरीमा केहि हप्ता अघि अख्तियारको टिम सहित गरिएको स्टिंग अप्रेशनको कमाल स्वरूप डिएसपी नै अहिल अख्तियारको हिरासतमा पुगेका छन् ।

आजको कार्यक्रमको शुरुवात मै रबि लामिछानेले एनआरएनको बिरुद्ध तितो र खरो कुरा उठाएर एनआरएनको गतिबिधिको नेपालीलाई सहयोग गर्नु नभई नेपाली नेपाली बीच विवाद बढाउने , नेपालीलाई नेपालीले ठग्ने , अर्बौ खरबौको गफ दिने अर्बपति नेपालीहरुको संगठन एनआरएनले तर आपत पर्दा अरबका नेपालीहरुलाई कुनै सहयोग नगर्ने , नेपालबाट नेताहरु बोलाएर भगवान नै भेटे झैँ सामाजिक संजालमा फोटो पोस्ट गर्ने भन्दा अरु केहि छैन ।

अरबौको गफ दिएर केहि नगर्ने एनआरएनका नेताहरुलाई सिधाकुरा जनतासंगको कार्यलय आएर त्यहाँ लिस्ट गरिएका बिभिन्न देशमा दुख पाएका नेपालीको उद्धार गर्न रविले चुनौती दिएका छन् ।

हेर्नुस आजको दमदार एपिसोड

घुस्याहाहरुको विगविगी श्रम कार्यालयमा यस्तो छ कि कसैले छुनै सक्दैन। आज फेरी देखाएका छौ तलदेखि माथीसम्मकाहरु मिलेर कसरी लुट्छन्। एउटा एक्सक्लुसिभ भाग – रबि

Leave a Reply