Tuesday , November 21 2017
Breaking News

राशिफल (२०७४ कार्तिक ०१ गते बुधबार/२०१७ अक्टोबर १८) October 17, 2017

राशिफल (२०७४ कार्तिक ०१ गते बुधबार/२०१७ अक्टोबर १८)
October 17, 2017 राशिफल

भोलि वि.सं. २०७४ कार्तिक ०१ गते बुधबार तदनुसार ई. सं. २०१७ अक्टोबर १८ तारिख

भोलिको चाडपर्व र उत्सव : कार्तिक सङ्क्रान्ति, नरक चतुर्दशी, कुकुर तिहार, बिहान झिसमिसेमा तेल लगाएर नुहाउने दिन, स्वान्तिचह्रे पूजा (नेवारी पर्व)

कार्तिक कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपूर्व ११:४६ बजेसम्म, त्यसपछि अमावस्या तिथि,
उत्तराफाल्गुनी नक्षत्र, बिहान ०७:२५ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र,
भोलिको चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त),
ऐन्द्र योग, साँझ ०६:२४ बजेसम्म, त्यसपछि वैधृति योग,
सुरुमा विष्टि (भद्रा) करण दिउँसो ११:५० बजेसम्म, त्यसपछि शकुनि करण मध्यरात्रीपूर्व ११:४६ बजेसम्म, अन्तिममा चतुष्पाद करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:३० बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो ११:४८ देखि ०१:१४ सम्म
यमघण्ट : बिहान ०७:३१ देखि ०८:५७ सम्म
गुलिक काल : बिहान १०:२२ देखि ११:४८ सम्म

भोलिको वारवेला :–

लाभ वारवेला : बिहान ०६:०६ देखि ०७:३१ सम्म, साँझ ०४:०५ देखि ०७:०५ सम्म र मध्यरात्रीपछि ०४:३१ देखि ०६:०६ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:१४ देखि ०२:३९ सम्म र बेलुका ०७:०५ देखि ०८:३९ सम्म
शुभ वारवेला : बिहान १०:२२ देखि ११:४८ सम्म र बेलुका ०८:३९ देखि १०:१४ सम्म
अमृत वारवेला : बिहान ०७:३१ देखि ०८:५७ सम्म र बेलुका १०:१४ देखि ११:४८ सम्म
चर वारवेला : दिउँसो ०२:३९ देखि ०४:०५ सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२२ सम्म
रोग वारवेला : दिउँसो ११:४८ देखि ०१:१४ सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:५७ सम्म
काल वारवेला : बिहान ०८:५७ देखि १०:२२ सम्म र मध्यरात्रीपछि ०२:५७ देखि ०४:३१ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । गोपनीयता भङ्ग हुने खतरा छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply