Tuesday , November 21 2017
Breaking News

जम्बो मन्त्रीमण्डल बनाएका प्रधानमन्त्री देउवाको चर्का आलोचना (व्यंग्य भिडियो)

जम्बो मन्त्रीमण्डल बनाएर प्रधानमन्त्री देउवाको चर्का आलोचना भएको बेला यी दुई जना युवाहरुले रेडियो सुन्दै यसरी व्यंग्य यसै गदै यस्तो सम्म पुगे ।


नागरिक: मन्त्रीको संख्या धेरै भयो भनेर निकै आलोचना भैरहेको छ नि ?

प्रधानमन्त्री: आलुचना नपच्नेहरुले आलोचना गर्छन् । सोह्रश्राद्धमा श्राद्ध खान नपाउनेले सराप्छन् । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्देखिनलाई । त्यहाँमाथि मन्त्रीको संख्या कसरी धेरै भयो रु पहिले २०५ जना सांसद हुँदा मैले नै हो ४८ जना मन्त्री बनाएको । अहिले त सांसदको संख्या त्यसको तीन गुणा बढी छ । त्यही हिसाबले त मन्त्रीको संख्या झण्डै डेढसय पुग्नुपर्ने हो । बल्ल ६४ मात्र भएको छ ।
नागरिक: भनेपछि डेढसय पुग्न सक्छ ?
प्रधानमन्त्री: तपाईंलाई के को चासो भो रु पुग्न पनि सक्छ । पुग्यो भने झन् राम्रो ।
नागरिक:  कसरी राम्रो ?
प्रधानमन्त्री: ए बाबा मन्त्री धेरै हुनु भनेको धेरैलाई सुख, सुविधा हुनु हो । सुख, सुविधा पाउने धेरै भए भने फाइदा देशलाई नै हुन्छ ।

बाँकी भिडियोमा हेर्नुहोस ।

Leave a Reply