Monday , October 23 2017
Breaking News

नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो पुस्तामा चर्चित सर्जकको हैसियत बनाई सकेका केशब सापकोटा बिस्तारै भिडियोमा समेत देखिन थालेका छन् ।

नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो पुस्तामा चर्चित सर्जकको हैसियत बनाई सकेका केशब सापकोटा बिस्तारै भिडियोमा समेत देखिन थालेका छन् ।

जनता डिजिटल & फिल्मसका संचालक समेत रहेका सफल संगीत ब्यबसायि सापकोटाको अभिनयमा “मेक अप गर्ने बन्दगर” नामक रोइला दोहोरि गीत भर्खर मात्रै सार्बजनिक भएको हो ।

अमृत बिश्वकर्माको लयमा निर्माण भएको यस गीतमा क्षितिज सुनार अनि सर्मिला थापाको आवाजमा रहेको छ ।

क्षितिज सुनार बिगत एकदशक देखि निरन्तर नेपालि लोकदोहोरीकमा सक्रिय छन्, सुनारले करिब डेड दर्जन भन्दा बढी गित जनता डिजिटल & फिल्मस् मार्फत आम दर्शक श्रोतामाझ पस्किसकेका छन् ।

ए हावा जाउँ, नरोउ सानु नरोउ, दैलाको तस्बिर, घन्काइदेउ मादलु जस्ता गीतहरु चर्चामा छन्, लगत्तै बिष्णु माझि संग गायको गित जनता डिजिटल बाट बजारमा आउने तयारीमा रहेको जानकारी दिएका छन्।

सर्मिला थापा नेपालि लोकदोहोरीमा आफ्नु परिचय बनाउन मेहेनतमा तत्पर गरिरहेकी गायिका हुन् ।

कमल पौडेल सफल यसै गित मार्फत नेपाली लोकदोहोरीमा प्रवेश गरेका छन्, पौडेलले भने यो मेरो पहिलो प्रयास हो कत्तिको सफल हुन्छ हेर्न बाकि छ तथापि आफु निरन्तर यस क्षेत्रमा रहने उनको भनाई रहेको छ । पौडेलले जनता डिजिटल & फिल्मस् मार्फत अर्को गीतको तयारि भैसकेको जानकारी पनि थपे ।

सयौ गीतमा सब्द / संगीत गरिसकेका केशब सापकोटालाइ समेत यो परिक्षाको रुपमा रहेको छ, यो उनको पाचौ अभिनय रहेको जानकारी दिए ।

कान्छा सम्पादक अमृत चापागाईको सम्पादन रहेको युक्त भिडियोमा शिर्जन बरालको निर्देशन रहेको छ भने रेशम दर्लामीको छायांकन गरिएको यस गीतमा मौलिक तरिकाको भिडियो गरिएको छ ।

Leave a Reply