Wednesday , January 24 2018
Breaking News

बलात्कार गर्न नसकेपछि हालिदिए फलामको रड, अस्पतालमा गयो महिलाको ज्यान

एजेन्सी। एक महिलालाई बलात्कार गर्न खोजेका २ युवकले ती महिलालाई बलात्कार गर्न नसकेपछि महिलाको गुप्तांगमा फलामको रड हालिदिएका छन्।

गम्भीर अवस्थामा अस्पताल पु¥याइएकी ती महिलाको अस्पतालमा अपरेशन टेबलमा ज्यान गएको छ । घरबाट बाहिर निस्किएकी ती महिलालाई बाटोमा दुई युवकले समातेर जबरजस्ती बलात्कार गर्ने कोसिस गरेका थिए।

बलात्कारको प्रयास विफल भएपछि युवकहरुले फलामको रड शरीरमा हालिदिँदा रगतले लथपथ भएकी ती महिला जसोतसो घर पुगिन्। भारतको उत्तर प्रदेश पटना जिल्लाको नौबतपुरकी ती महिलालाई मुखमा कपडा कोचेर गुप्तांगमा रड हालिएको थियो।

स्थानीय नौबतपुर प्राथमिक स्वास्थ्य केन्द्रले उनलाई पीएमसी अस्पताल गरेको थियो। डाक्टरहरुका अनुसार अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो। प्रहरीले आरोपी धिरज कुमारलाई पक्राउ गरेको छ । अर्का आरोपी धर्मेन्द्र फरार छन्। (नयापुस्ता बाट)

Leave a Reply

%d bloggers like this: