Tuesday , October 24 2017
Breaking News

“सम्झनाको एक किस्सा”

स्कटनेपाल युके : 

छेवैमा बसेको श्रीमान जि देखी अलिकती थाहा नपाउने गरी ढाड फर्काएर बसे ताकी मेरो हातको मोबालको स्क्रिन नदेखोस भन्ने होसियारी गर्दै,, किनकी म फेसबुकमा एकजना पुरुषको नाम टाइप गरेर सर्च गर्ने वाला थिए र कहिले नदेखेको मान्छेको नाम टाइप गर्दा श्रीमान जि को टाउको दुख्न सक्थ्यो….
मैले बिर्सिसकेको मान्छेको एक्कासी याद आयो हुटहुटी नै चल्यो एककिसिमले उनको बारेमा जान्न
‘कमल कुमार तमाङ’ नाम टाइप गरे २ बर्ष अघी कै प्रोफाल पिक्चर थियो सबै पोस्ट सरर हेरे २ बर्ष अघी जती थियो त्येति मात्रै…
२ बर्ष अघी बैशाक १२ को महाभुकम्प पछी,, अती प्रबावित क्षेत्र सिन्दुपाल्चोकमा भर्खरै राहत बितरण गरेर फर्केका थियौ.. स्कुलहरु बन्द भएकोले घरमै समय बितिरहेको थियो.. घरमा दिन कटाउने मेलो उही पुस्तक कित इन्टर्नेट.. यही समयमा यो नाम बाट म्यासेन्जर कल आएको थियो,यो अाइडि कहिले एड भयो थाहा भएन,
घर परिवार र नजिकको साथीको बाहेक म्यासेन्जल कल कहिले उठाउदिन बरु टाइप गरेर समय हुँदा हाइ हेल्लो गर्दिन्छु.. मैले तुरुन्तै फोन काटे फेरी गर्‍यो फेरी काटे फेरी गर्‍यो.. नचिनेको प्रोफाइल पिक्चर हेर्दा मेरो पापा भन्दा बुडो देखिने झनन्न रिस उठ्यो, यत्रो उमेरमा पनि आफ्नो आफ्नो छोरी समानको केटीको पछी लाग्ने? पुरुषहरु को उमेर कहिले बुडो हुँदैन भनेर त्येसै भनेका होइनन रहेछन.. छेउमा भए एक झापट कस्सिएर हान्न मन लाग्यो तुरुन्तै चलन चल्तिको रोमन अङ्रेजिमा म्यासेज टाइप गरेर सेन्ड गरे ‘ हेल्लो केही भन्नु छ? छ भने म्यासेज गर्नुस् आएम बिजी’ म्यासेज सिन देखायो तर म्यासेजको सट्टा फेरी कल आयो अब भने यस्लाई नथर्काइ भएन भन्ने एककिसिमको अहम पलायो अनी ब्ल्क गर्छु आनन्द भनेर अर्को म्यासेज टाइप गरे “किन यती सारो मरिहत्ते गरेको? आफ्नो छोरी नातिनी समानको केटीलाई बारम्बार कल गर्नु सरम लाग्दैन??
कतिबेला म्यासेज हेर्छ भनेर चेक गरीबसे आफुले मजाले थर्काएकोमा खुशी लाग्यो ५ मिनेट पछी म्यासेज सिन देखायो अब चै डराएर कल गर्दैन भनेर ढुक्क बसे.. घरमा पाहुना आएको हुनाले कोठामा मोबाइल छोडेर किचन छिरे.. खाना बनाउदा, खादा अनी केही समय पाहुनाहरु गफ गरेर बिदा भाईन्जेल सम्म निकै समय बितेको थियो ,, फेरी उही त हो फुर्सद हुन साथ मोबाइल हातमा पक्डिहाल्नु पर्ने बानी,, यसो मोबाइल उठाएर हेरे छक्क परे मेरो म्यासेजको रिप्लाई को सट्टा 20/25 चोटि उसैको म्यासेन्जर कलको नोटिफिकेसन!!!
आफुले म्यासेजमा यत्रो थर्काएको केही असर नपरेको र मलाई नटेरेकोमा आफ्नो अपमान भएको महशुश भयो.. झडङ्गै टाउको दुखे जस्तो भो, गाला तातो लाग्यो अलिकती पनि ढिला नगरि कल ब्याकमा थिचे.. फोन उठ्यो तर उस्को कुरा सुन्नु थिएन एकोहोरो सकेको गाली गरे.. मुखमा आएको बोली सबै सकिए पछी रिस अली कम भो एक्चोटि उस्को कुरा सुनेर ब्ल्क गर्नु पर्ला भन्ने सोचेर हेपेको सैलिमा भने लु केही अब केही भन्नु छ कि? अब म ब्लक गर्नेवाला छु!!
सन्कोच मानेको स्वरमा बोल्यो ‘ नानी मलाई अङ्रेजी त पढ्न आउँदैन तर तिमीले फेसबुकमा लेखेको कुराहरु नेपालीमा राम्रो राम्रो हुन्छ पढ्छु अनी अस्ती भर्खरै मात्र ५ कक्षा पढ्ने नातिले फेसबुक अाइडि खोलिदिएर चलाऊन सिकेको म्यासेज लेख्नु आउँदैन कल गर्नु मात्र आउछ, अनी अस्ती नानीहरु सिन्धुपाल्चोक गएर राहत बितरण गर्नुभाको रहेछ मेरो पुर्खौली पनि त्यही हो काठमान्डु आको धेरै भाको छैन छोरा जापान गएको थियो आए पछी सबै यतै सारेर ल्यायो तर शहरमा जती बसे पनि आफ्नै गाउको माया हुदो रहेछ,, मेरो सबै दाजुभाइलाई, साथीभाइ उतै छन आफुले केही सहयोग गर्न सकिएन तर पनि त्एती टाढा बाट तिमी साथीहरु सँग गएर सहयोग गरेछौ यही फेसबुकमा हेरेर थाहा पाएको सार्है खुशी लाग्यो त्येइ भएर नानीलाई धन्यवाद दिउ भनेर अस्ती देखी फोन गरेको फोन नै उठाउनु भएन.. आज पो था भो तिमी त रिसाको पो रैछौ,, ल नानी धेरै धेरै धन्यवाद अनी अब देखी कल गरेर डिस्टप गर्दिन है..!!

लाटी जस्तो भए क बोलौ के नबोलौ,, मैले कती धेरै कहाँ देखी कहाँ सोचेको रहेछु, थोरै आत्माग्लानी महशुस भो जे भए नि सरि भन्नुपर्छ लागेर भन्नै लागेको थिए तर फोन काटिसकेको रहेछ..

भोलिपल्ट आँफैले फोन गरेर आफुले गाली गरेको प्रती माफि मागे येस्पछि १/२ पल्ट कुरा भयो…
आज फेरी नेपालमा बाढीपिढित हरुको लागि राहत सङ्कलन गर्दै गर्दा उहाको याद आयो र मैले फेसबुकमा उहालाई खोज्दैथिए तर २ बर्ष अगाडि जस्तो थियो तेस्तै थियो नयाँ अप्डेट केही थिएन म्यासेजर डिएक्टिभ थियो…
अनी श्रीमान जि तिर फर्किएर यो घटनाको किस्सा सुनाउन थाले….
-शुष्मा रुपाबुङ
ब्रुनाइ

Leave a Reply