Tuesday , October 24 2017
Breaking News

एक्कासी अर्घामा देवी उत्रिएपछि (भिडियो सहित)

अर्घाखाँची जिल्ला पनि पर्यटकीय हिसाबले सम्भावित जिल्ला हो l यहाँ भएका ऐतिहासिक तथा धार्मिक स्थलहरु प्रचार प्रसार र सम्बन्धित निकाएको बेवास्ताकै कारणले ओझेलमा परेको अनुमान गर्न सकिन्छ l सदियौ देखि शक्तिको रुपमा हेर्दै आइएक धेरै मठ मन्दिर हरु ब्यबस्थित हुन सकेका छैनन् र पर्यटकीय स्थल बन्न सकिरहेको छैनन् काठमाडौँ पोखरा सौराहा त्रिशुली सम्म आउने पर्यटकहरुलाई अर्घखंचिमा भएका ऐतिहासिक र धार्मिक स्थलहरुसम्मा लैजान सकियो भने जिल्लाको मात्रै नभएर देशकै गरिमा अन्तरास्ट्रिय स्तरमा पुग्न सक्छ l सरकारी तवरमा सोहि स्थानलाई अगाढी बढाउन प्रचार प्रसार र वृतचित्रमा सरकारी निकाय बाट लाखौ बजेट छुटाए पनि त्यो नाइकेहरुको गोजी भर्ने काम मात्रै भएको देखिन्छ तर सन्धिखर्क नगरपालिका १० बेल्टारी जन्मिएका र हाल कामको सिलसिलामा इजरायल बस्दै आएका थापा युवराज जसलाई हामि जुम्लिया पनि भन्ने गर्छौ उनले नितान्त आफ्नो व्यक्तिगत लगानीमा आफ्नो गाउ ठुलै ब्यबस्थित गर्न र अर्घाको मन्दिरलाई प्रचार प्रसार गर्नको लागि कुनै कसुर बाकि राखेका छैनन्, गत साल पनि आफ्नै खर्चमा अर्घा भगवती देवी मन्दिरको चिनारीको वृत्त चित्र सार्बजनिक गरि राम्रो प्रसंसा पाएका थिए l आफु प्रदेशी भएर पनि अर्घाको सराए र यसको महत्वको बारेमा भिडियो निर्माण गरेर सार्बजनिक गरेका छन्, सन्तोष शर्माले छायांकन र बिष्णु भट्टराईले सम्पादन गरेको भिडियोमा अर्घाको पुर्णिमामा हुने सराएर ५ ओटी आलमको अर्थ प्रस्ट परिएको छ , अर्घाको मन्दिरमा एउटा त्यस्तो शक्ति छ जहाको सराए हेर्नको लागि देशका भिभिन्न ठाउबाट हजारौ दर्शकको घुइचो लाग्ने गर्छ , सदियौ देखि चल्दै आएको यो परम्परालाइ अझै ब्यबस्थित् गर्नु पर्छ भनेर लागि पर्ने युवा थापा युवराजलाई सलाम छ l थापा युवराज जस्तै अन्य युवराजहरुको खाचो जिल्लालाई छ , साथै देवी को नजिक जादा देवी उत्रिने चलन सोहि मन्द्रिमा छ सो कुरालाई पनि भिडियोमा देखिएको छ हेर्नुहोला share गर्न नबिर्सनुहोला
Watch Video :

Leave a Reply