Tuesday , October 24 2017
Breaking News

जब बिमा कुमारी दुराले माईक समाईन, सबै भावुक भए (भिडियो)

दोहोरी क्षेत्रकी रानीचरी उपमा पाएकी बिमाकुमारी दुरा उछिल्लो समय खासै संगीतमा देखिएकी छैनन् । कुनै जमाना थियो एल्बममा बिमाकुमारीको नाम भने पनि राख्न पर्ने । बिमा कुमारी दुराको नाम भएन भने एल्बम नै नबिक्ने खालको समस्या पनि थियो । तर अहिले बिमा कुमारी त्यति सांगीतिक कार्यक्रममा देखा पर्दिनन् । एक त उनि उमेरको कारण पनि हो भने अर्को फेरिएको संगीतक माहोल हो । पोखराको रामबजार महोत्सवमा बिमाले माईक समातेर गीत गाउँदा सुन्ने र हेर्ने दर्शक भाबुक भए । उनले लमजुङ दुर्लुङकोट नामक गीत गाएर दर्शकलाई भाबुक बनाईन् । धेरै पछि बिमालाई भेटेका र उनको आवाज सुन्न पाएकोमा पनि दर्शक उत्साहित थिए । हेरौं बिमा कुमारी दुराको यो प्रस्तुती ।

Leave a Reply