Saturday , June 24 2017
Breaking News

ज्ञानेन्द्रको पक्षमा उभियो काँग्रेस, अब के गर्लान् प्रचण्ड ?

काठमाण्डु– पूर्वराजा ज्ञानेन्द्रले मुलुकलाई विभाजनबाट बचाउन सार्वजनिक आग्रह गरेलगत्तै दरबार हत्याकाण्ड छानबिन गर्न सकिने भनि दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका केही नेताहरूले आपत्ती जनाएका छन् ।

पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्यााउन नहुने र त्यसो गर्नु कांग्रेसकै सिद्धान्त र मान्यताविपरीत हुने चेतावनी कांग्रेसका वरिष्ठ नेताहरूले निधिलाई दिएका छन् ।

पार्टीको उद्धेश्य र नीतिअनुरूपको संयमपूर्ण राजनीति नतोड्न र बोल्न पाउने अधिकारबाट कसैलाई बञ्चित नगर्न पनि उनीहरूले मन्त्री निधिलाई सचेत गराएका छन् ।

One comment

  1. If the king ganendra dose it 100% all nepali support to king will stabilise king rules. By nrn

Leave a Reply