Saturday , May 27 2017
Breaking News

तरकारीवाली बनिन माओबादीवाली

काठमाडौं । केही समयअघि ‘तरकारीवाली’ उपनामले निकै चर्चामा आएकी गोरखाकी कुसुम श्रेष्ठ फेरि चर्चामा आएकी छिन् ।

पछिल्लो समय गुपचुप रहेकी ‘तरकारीवाली’ तरकारी बोकेर बजार जाँदै गरेको फोटो सामाजिक सञ्जालमार्फत भाइरल भएसँगै एकाएक चर्चामा आएकी उनी पछिल्लो समय भने गुमनाम थिइन् ।

तर, स्थानीय चुनावमा माओवादी केन्द्रको प्रचारमा उनी जुटेको भेटिएकी छन् । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रबाट जीवन गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए । उनै गुरुङ सहितको वडा सदस्यहरुलाई बधाइ दिनका लागि कुशुम हातमा फूलमाला लिएर आएकी थिइन् ।

उनको पारिवारिक पृष्ठभूमि माओवादी भएको र चुनाव अवधिमा उनी माओवादीको रातो टिर्सट र हसिया हथौडाको झण्डा बोकेर खटिएको स्थानीय धनराज रेग्मीले जानकारी दिए ।-न्यूज२४नेपाल

Leave a Reply