Wednesday , April 26 2017
Breaking News

हिन्दुत्वको अाधारमा नेपाललार्इ डामाडोल गर्ने भारतको षडयन्त्रप्रति सजग हौ !

नयाँ कलेवरमा इण्डियन साम्राज्यवाद

-भरत दाहाल

०६४ साल असाेजमा ‘रअ’ काे अायाेजना र पूर्व विदेश सचिव प्रीतिशरणकाे उपस्थितिमा भएकाे पटना बैठकमा ‘मधेशवाद’लार्इ ‘स्वतन्त्र राष्ट्र’का रूपमा स्थापित गर्ने मुद्दाहरू संस्थागत गरेर संविधानसभाकाे निर्वाचनमा पठाउने साेंच अनुसार दिल्लीले सबै दलभित्रका दलालहरूलार्इ खेरेर हतारहतारमा ‘तमलाेपा’ बनाएकाे थियाे। अप्राकृतिक रूपमा हतारमा जाेडिएकाे साे ग्याङ संविधानसभाकाे चुनावपछि स्वाभाविक रूपमा अाधा दर्जन गिराेहहरूमा परिणत भएकाे थियाे।

लेण्डुप र प्रभाकरणकाे माेडेलमा तयार पारिएकाे ‘मधेशवाद’काे अपराधिक अभिष्टले नेपाली मधेशीहरूकाे पंक्तिमा एक दशकमा पूरै हावा खाएकाे छ र नेपालीहरूका दृष्टिमा दिल्लीकाे साख उठ्नै नसक्ने गरि पतन पनि भएकाे छ। नेपाली जनमानसमा दिल्लीकाे पतन र विष्मयकारि रूपमा नेपालभित्र बदलिएकाे बाह्य शक्ति सन्तुलनका कारणले त्यसले ‘राष्ट्रिय जनता पार्टी’काे नयाँ कलेवरमा अाफ्नाे साम्राज्यवादी रणनीति अघि सारेकाे तथ्य कसैबाट छिप्न सक्ने कुरा हाेर्इन।

०६४ सालझैं अहिले पनि स्थानिय चुनावकाे मूखमा गरिएकाे याे हतासपूर्ण निर्णयकाे पहल लैनचाैरले गरेकाे हाे भन्ने समाचार पहिल्यै सार्वजनिक भैसकेकाे छ। नेपाली मधेशीहरूलार्इ प्रयाेग गर्ने प्रभाकरणकाे साम्प्रदायिक माेडेल सफल भएपछि लेण्डुप दाेर्जेकाे राष्ट्रिय माेडेलबाट पहाडि मूलका नेपालीहरूभित्र पनि खेल्ने रणनीति तयार भएकाे प्रष्टसंग बुझ्न सकिन्छ। याे रणनीति अन्तैगत मुद्दाहरू पनि नयाँ रूपमा अघि बढार्इने यथार्थताबारे कुनै भ्रम रहनु हुन्न।

पहाडि मूलका नेपालीहरूभित्र खेल्ने भरपर्दाे मुद्दा ‘हिन्दूत्व’ नै हाे। भारतीय जनता पार्टीका नेताहरू काठमाडाैंमा अाएर ताैलिरहेकाे मुद्दा यहि हाे। यसै मुद्दाका अाधारमा तराइ बाहिर घुसपैठ गर्ने र नेपालकाे सबै इलाकालार्इ प्यारालार्इज गर्ने षडयन्त्रमा दिल्ली लागेकाे तथ्यप्रति कुनै भ्रम पाल्नु हुँदैन। पदिय जिम्मेवारिकाे कुरा नमिलि अालाेपालाे नेतृत्व गर्ने भन्ने बाध्यात्मक परिवेशमा गरिएकाे याे कथित एकता १० बर्षकाे असफल प्रयाेगकाे अनुभवकाे निष्कर्ष हाे।

-राजनैतिक विश्लेषक दाहालको फेसबुकबाट

Leave a Reply