Saturday , June 24 2017
Breaking News

साइकल चढ्नु स्वास्थ्यको लागी फाइदै-फाइदा रहेछ

बेलायतमा गरिएको एक अध्ययनले मोटर या सार्बजानिक यातायात चढेर काममा जाने मानिसहरुको तुलनामा साइकल चलाएर काममा जाने गर्दा स्वास्थ्यलाई धेरै फाइदा हुने गरेको देखाएको छ।

दैनिक काममा जाने झन्डैँ अढाई लाख मानिसमा गरिएको सो अध्ययनले नियमित साइकल चलाउँने मानिसहरुमा क्यान्सर तथा मुटुरोगको खतरा उल्लेख्य: घटेको देखाएको छ। सो अध्ययनले मोटर चढ्नु सार्बजानिक बस चढ्नु भन्दा पैदलै हिड्नु स्वास्थ्यको लागी फाइदा हुने देखायो।

तर त्यो भन्दा पनि साइकल चलाएर काममा जाने-आउने गर्दा स्वास्थ्यलाई अरु फाइदा पुगेको पाइयो।

अनुसन्धानकर्ताहरुले नियमित साइकल चलाउँदा मृत्युको जोखिम ४१ प्रतिशतले, क्यान्सरको जोखिम ४५ प्रतिशतले र मुटु सम्बन्धी रोगको जोखिम ४६ प्रतिशतले घट्ने देखाएको जनाएका छन्।

एकजना अनुसन्धकर्ता ग्लास्को बिश्वबिधालयको डाक्टर जेसन गिलले बिबिसिलाई भने-‘बास्तबमा यो साइकल चलाउने जस्तो सक्रिय तरिकाबाट काममा जाने मानिसहरुको स्वास्थ्य सम्बन्धि जोखिम कम हुने स्पस्ट प्रमाण हो।’

अनुसन्धानमा सहभागी साइकल यात्रीहरुले हरेक दिन औसत आधा घण्टा साइकल चलाएका थिए। पाँच बर्ष लामो उक्त अध्ययनले साइकल चलाएर काममा जाने मानिसहरु र मोटर,बस वा भुमिगत रेलमा यात्रा गर्ने मानिसहरुको स्वास्थ्य स्थितिको तुलना गरेको थियो।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययनमा हिडाइको तुलनामा साइकल चलाउँदा लामो समयसम्म सघन ब्यायम हुने भएकाले स्वास्थ्यलाई बढि फाइदा पुगेको निष्कर्ष निकालिएको छ।

अनुसन्धाकर्ताहरुले साइकल यात्रीको लागी छुट्टै लेन बनाउँन सुझाब दिएका छन्।

प्रकाशित मिति :बैशाख ८ शुक्रबार-२०७४

Leave a Reply