Wednesday , April 26 2017
Breaking News

मधेशी मोर्चाले लाठी जुलुस र आमहड्ताल गर्ने

वैशाख ३, २०७४- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।समाचार कान्तिपुरबाट लिईएको हो ।

मधेसी मार्चा/गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २७ गतेदेखि आमहड्ताल र अनिश्चितकालीन नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । विभिन्न जिल्ला सदरमुकाममा यही वैशाख ५ गतेदेखि नै मसल जुलुस, लाठी जुलुस, सभा, मतदान केन्द्र लक्षित लाठी जुलुस, प्रदर्शन गरिने भएको छ । २७ गतेदेखि भने देशव्यापी अनिश्चितकालिन हड्ताल गर्ने गठबन्धनका प्रवक्ता ओम गुरुङले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।सरकारले वैशाख ३१ गतेका लागि स्थानीय तह निर्वाचन मिति तय गरेको छ ।

जनताको अधिकार प्राप्ति र लोकतान्त्रिक मूल्य मान्यताको रक्षााका लागि आन्दोलन गर्नुपरेको ती दलहरुले प्रस्ट पारेका छन् । सरकार गठनका बेलामा भएको तीनबुँदे सहमतिअनुसार आफ्ना माग सम्बोधन गर्न संविधान संशोधन नगरिएको भन्दै मोर्चा र गठबन्धन चरणबद्ध आन्दोलनमा उत्रेका हुन् । सरकारले सीमांकनबाहेकका मुद्दा अहिले नै टुंगो लगाएर बाँकी पछि सम्बोधन गर्ने बताए पनि मधेसी मोर्चासहितको गठबन्धनले अस्वीकार गरेका छन् । सरकारले मोर्चाकै माग सम्बोधन गर्न भन्दै पुरानो संशोधन विधेयक फिर्ता लिएर संसदमा गत चैत २९ गते मंगलबार संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गरेको छ ।

प्रकाशित मिति :बैशाख ३ आइतबार-२०७३

Leave a Reply