Wednesday , April 26 2017
Breaking News

रिदमले साँस्कृतिक कार्यक्रम साथै चलचित्र प्रदर्शन गर्दै, निर्देशक राजु शाहा र गोपाल ढकाल (छन्दे) कतार आउदै ।

अर्जुन घिमिरे । दाेहा ।
कतारमा 2014 मा स्थापित रिदम कला केन्द्र कतारले नेपाली नयाँ बर्ष २०७४ काे अवसरमा नेपाली चलचित्र नमस्ते नेपाल प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

“हाम्रो कला र संस्कृतिको जर्गेना गरौँआफ्नो प्रतिभा लाई अगाडि बढाऊँ” भन्ने मुल नाराका साथ सन् 2014 मा कतारमा स्थापना भएको सांगितिक संस्था रिदम कलाकेन्द्रले आगमी २८ अप्रेलका दिन कतारको तारे हाटेल गल्फ होराईजनको सभाहलामा चलचित्र प्रदर्शन तथा विविध सास्कृतिक कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक दिल भट्टराई र गजेन्द्र मल्लले बताए ।

चलचित्रको सम्पूर्ण छायाङ्कन यूरोपमा गरिएको पहिलो चलचित्रलाई भव्य र सव्य पार्नका लागी नेपालदेखी बरिष्ठ नृत्य निर्देशक तथा चलचित्र निर्देशक राजु शाहा र चर्चित हास्यँ कलाकार गोपाल ढकाल (छन्दे) कतार आउने भएका छन । हामीले पहिला युके युरोपमा सो देखाई सकेको नमस्ते नेपाल चलचित्र कतारमा रहेका नेपाली दर्शकहरुको उच्च मागले गर्दा आगमी २८ अप्रेलका दिन कतारमा प्रर्दशन गर्न लागेको चर्चित हास्यँ कलाकार गोपाल ढकाल (छन्दे)ले बताए ।

चलचित्र प्रदर्शन पश्चात हुने सांस्कृतिक कार्यक्रममा नेपाल देखी कतारको सांगितिक लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायिका देविका केसी , स्थानिया कलाकाहरु लोक गायक युवाराज छन्त्याल , रित कुमार क्षेष्ठ, आधुनिक तथा पप गायक नबराज क्षेत्री,राम के लामा , दामोदार न्यौपाने , विनिता केसी, राम बान्तावा राई, लगायत दर्जनौँ कलाकार साथमा रिदम कलाकेन्द्रका राज लामा, लक्ष्मि गिरि, स्वेता , खगेन्द्र परियार, सुवास तामाङ लगायत कलाकारहरुकाे नृत्यपनि रहने संयोजक गजेन्द्रले जानकारि दिएका छन ।

विगगतका दिनमा पनि राष्ट्रिय स्तरका कलाकार तथा स्थानीय कलकारहरुलाई समेटेर बिभिन्न कार्यक्रम गर्न सफल सांगितिक संस्थाले गत बर्ष आफैले आयोजना गरेको एकल नृत्य प्रतियोगिता कार्यक्रममा नेपालबाट चर्चित नृत्य निर्देशक प्रकाश भट्ट चर्चित मोडल पार्वती राईलाई समेत कतार निम्त्याएर आफ्नो कार्यक्रम सफल पारि सकेकाे छ ।

कतारको समय अनुसार बिहान ११ बजे देखी शुरु हुने चलचित्र प्रदर्शनि , साँस्कृतिक कार्यक्रम साथै नास्ता ( खाजा ) समेत ब्यवस्था गरिएकाे उक्त कार्यक्रमकाे टिकट कतरि रियाल १०० रहने र टिकट धमाधम बिक्रि भईरहेकाे आयाेजकले जानकारि गराएकाे छ ।

Leave a Reply