Saturday , June 24 2017
Breaking News

म दिन्न शुभकामना नारी दिवसको

सरगम भट्टराई

नारी….
तिमी गर्भमै चुडिन्छौ,
जन्मेरै चुडिन्छौ,
तिमी घरमा लक्ष्मी बनेर उदाउँदा,
मान्छेहरुको,
मनमा ग्रहण लागिरहेको देख्छु,
तिमी बेमेलमा हुर्किन्छौ,
अभावमा हुर्किन्छौ …
तर, तिमी
फेरि यौवनमा लुटिन्छौ,
बेचिन्छौ, थिचिन्छौ, मिचिन्छौ,
खेलौना बन्छौ, अरुको लागि
उफ्रिन्छ्यौ, पछारिन्छौ,
लछारिन्छौ, लघारिन्छौ,
बजारिन्छौ अनि
आमा बन्छौ…..
दश महिना मर्छौ, बाँच्छौ,
सृष्टिकर्ता नारी जन्माउछौ,
तर ….
आफै बिध्वंसको शिकार बन्छौ,
तिमी बुढापामा चेपिन्छौ,
हेपिन्छौ,
त्यागिन्छौ, रोगिन्छ्यौ,
तर त्याग्नेहरुको लागि त्याग गर्छौ,
त्यसैले त कति महान छौ !
तर कठैं !
तिम्रो महानता,
बलात्कृत भईरहेछ,
तिम्रो उदारता,
तिरस्कृत भईरहेछ,
तिम्रै नाम भजाएर भुँडी भर्नेहरु,
पुरस्कृत भईरहेछन…..
आज चारतारे होटलमा,
दिवाभोज गर्दैछन,
रात्री भोज गर्दैछन…
तर मलाई थाहा छ,
तिमी भोकै छौ,
तिमी रोगी छौ,
थकित छौ, अपहेलित छौ…
तर एक दिन….
तर एक दिन अवष्य ,
लाली आउनेछ तिम्रो जीवनमा,
सारा दुनियाँले भन्ने छ:
सृष्टिकर्ता नारी महान छिन,

त्यो दिन म शुभकामना दिनेछु,
हर्षका आँशु बगाएर….
दुई हात जोडेर भन्नेछु…
नारी दिवसको शुभकामना।

Leave a Reply