Wednesday , April 26 2017
Breaking News

धर्म के हो बुझ्नलाई आफै धार्मिक बन्नु पर्छ,

धर्म के हो बुझ्नलाई आफै धार्मिक बन्नु पर्छ,
कर्म के हो भन्नलाई आफै कर्म गर्नु पर्छ।
पूण्डय कर्म गर्नलाई भित्री मनले सोच्नु पर्छ,
मन मष्तिष्क र ह्रदय भित्र माया मोह हुनु पर्छ।

भदौरे घामको जस्तो पोलाई कहिले हुनु हुन्न,
खहरे खोलाको झै ब्यबहार कहिले गर्नु हुन्न।
सल्लेघारीको हावा जस्तै सघै स्वच्छ बन्नु पर्छ,
मानव भएर जन्मिए पछि मानवता भने हुनु पर्छ।

जीवनका प्रत्येक पललाई मुल्याङ्कन गर्नु पर्छ,
बर्तमानलाई ख्याल राख्दै भबिष्यलाई सोच्नु पर्छ।
जीवन सार्थक बनाउनलाई परिश्रम गर्नु पर्छ,
जस्तो दुख आए पनि सहने शक्ति हुनु पर्छ।
जय नेपाल।
कर्ण बहादुर अधिकारी मकाउ,चीन।

Leave a Reply